/ / आयल निगमले अब कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने

आयल निगमले अब कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने



काठमाण्डौं, असोज १० गते । नेपाल आयल निगमले सबै सवारी साधनलाई अब कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने भएको छ ।भारतले अघोषित नाकाबन्दी गरेपछि मौज्दात रहेको डिजेल र पेट्रोललाई सोमबारदेखि कोटा प्रणाली लागू गरि बिक्रि गर्ने निगमले जनाएको छ ।निगमका प्रवक्ता दिपक बरालले मौज्दात रहेको पेट्रोलियम पदार्थले धेरै समय काम चलाउन सकियोस भनेर कोटा प्रयाली लागिु गरेको जानकारी दिए ।बरालका अनुसार अब मोटरसाइकलले हप्तामा ३ लिटर, चारपांग्रे निजी, सरकारी तथा संस्थानका सवारी साधनले हप्तामा १० लिटर पेट्रोल पाउने छन् । यस्तै ट्याक्सीले जोर–बिजोर प्रणालीमा आफ्नो पालो परेको दिनमा १० लिटर पेट्रोल पाउनेछन् ।
निगमका अनुसार डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर र सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ ।
यस्तै मिनिबस तथा स्कुलबसलाई एकदिन बिराएर २० लिटर डिजेल दिइनेछ भने ठूला बसले जोर–बिजोरको आफ्नो पालो परेको दिनमा २० लिटर डिजेल पाउने निगमले जानाएको छ ।
निगमले तेल दिएपछि सवारीको ब्लु–बुकमा विवरण टिपाइने प्रवक्ता बरालले बताए । तेल वितरण हुने पम्पबारे निगमले हरेक दिन आफ्नो वेबसाईटमार्फत जानकारी गराउने भएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment