अबको दुई साताभित्रमा इजरायलमा रोजगारका लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग घरेलु कामदारका लागि नेपाली पठाउन आवेदन खुला गर्ने तयारीमा जुटेको छ । दुवै देशका सरकारमार्फत जीटूजी माध्यमबाट नेपाली कामदार पठाउने व्यवस्था अनुरुप प्रारम्भिक रोस्टरका लागि आवेदन लुला गर्न लागिएको विभागका प्रवक्ता बद्री कुमार कार्कीले बताए । पहिलो चरणमा ती कामदारको प्रारम्भिक सूची तयार गरिने र त्यसपछि परीक्षा लिने काम इजरायली सरकारले नै गर्ने विभागका प्रवक्ता कार्कीले जानकारी गराए । उनका अनुसार, नेपाल र इजरायल सरकारबिच नेपाली कामदार इजरायल पठाउने प्रक्रिया सम्बन्धमा छलफल भइसकेको छ । पहिलो चरणमा इजरायलमा ५० कामदार पठाइने छ । यो पाइलट प्रोजेक्टभित्र ३ सय कामदार जान सक्नेछन् । तालिम तथा योग्यता रोजगारीका लागि विगतमा स्विकृतिप्राप्त तालिमप्रादायक संस्थाहरुबाट घरेलु कामसम्बन्धि ३ महिने तालिमप्राप्त व्यक्तिले आवेदन दिन सक्ने बताइएको छ । घरेलु कामदारमा जाने व्यक्ति कामको दक्षताका साथै उमेरमा पनि परिपक्व हुनुपर्ने छ । त्यस्तै, अंग्रेजी भाषामा पनि पोख्त हुनुपर्ने छ । कामदारको उमेर २५ देखि ४५ बर्ष, तौल ४५ किलो र उचाइृ १.४ मिटर हुनुपर्ने जनाइएको छ । घरेलु कामदारको तालिम लिएका १७ सय कामदार रहेको विभागको अनुमान छ । इजरायलको रोजगारीमा आकर्षण इजरायलमा घरेलु काममा गएका कामदारको न्युनतम पारिश्रमिक १ हजार डलर अर्थात १ लाख रुपैँया रहेको छ । खाडी मुलुक र मलेशियाभन्दा इजरायलको मानवअधिकार पनि बलियो रहेको छ । श्रम तथा शारीरिक शोषण न्यून छ । मेनपावरसँग आर्थिक कारोबार नगर्न आग्रह मेनपावर एजेन्सीले इजरायलमा कामदार पठाउन ८ लाख रुपैँयासम्म रकम असुलेको आरोपमा दुई पटकसम्म कामदार लिन बन्द गरेकोमा पछिल्लो समय सरकारमार्फतमात्र कामदार लिने सहमतीमा कामदार लिन थालेको हो । सोही अनुरुप भएको श्रमसम्झौताअनुसार कामदार पठाउने प्रक्रिया अघि बढेको हो । सरकारमार्फत कामदार पठाउने भएकाले कुनै पनि मेनपावर एजेन्सी तथा एजेन्ट वा अन्य व्यक्तिसँग आर्थिक कारोबार लेनदेन नगर्न विभागले आग्रह समेत गरेको छ । बिजनेस संसारले लेखेको छ ।
No comments:
Post a Comment