/ , / भारत नाका पछि चीनीयाँ नाका पनि बन्द गर्ने आदिवासी–जनजातिको तयारी

भारत नाका पछि चीनीयाँ नाका पनि बन्द गर्ने आदिवासी–जनजातिको तयारी



काठमाडौं १० आश्विन । आदिवासी–जनजातिका अगुवाहरुले चीनीयाँ नाकाहरु पनि बन्द गर्ने बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा आदिवासी–जनजातिका अगुवा तथा नेताहरुले अव चीनीयाँ नाकाहरु बन्दे गर्ने तयारी भइरहेको बताएका छन् ।
कार्यक्रममा नेता आङ्गकाजी शेर्पाले तीन जना बाहुनलाई घुँडा टेकाउन चीनीयाँ नाकाहरु बन्द गर्न आवश्यक रहेको औंल्याए । शेर्पाले यी तीन पार्टीले आदिवासी–जनजातिको माग पनि सम्बोधन नरेकोले यिनीहरुलाई घुँडा टेकाउन लागि परेको बताए ।
शेर्पााले मधेश–थरुहटमा मात्र होइन अहिले पहाड–हिमालमा पनि आदिवासी–जनजातिले आन्दोलन गरिरहेको बताउँदै आन्दोलन सशक्त पार्ने जनाए । उनले हिमाली क्षेत्रका शेर्पालगायतका सम्पूर्ण आदिवासी–जनजाति मिलेर चिनीयाँ नाका बन्द गर्ने जनाए ।
त्यस्तै कार्यक्रममा सहभागी डा.ओम गरुङ्गले पनि मधेशमा जारी आन्दोलन आदिवासी–जनजातिको पनि रहेको बताए । उनले मधेश–थरुहटको आन्दोलनले आदिवासी–जनजातिलाई बल मिलेको तर्क गर्दै आन्दोलन सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।
डा.गुरुङ्गले अव खुलेर आदिवासी जनजातिबीच सहकार्य हुने प्रतिवद्धता व्यक्त गरे । मधेशी–थारु–आदिवासी–जनजातिबीच संयुक्त आन्दोलन समिति बनाउने विषयमा भएको उक्त कार्यक्रममा एक दर्जनभन्दा अधिक आदिवासी–जनजाति नेताहरुको उपस्थिति रहेको छ । स्रोत;हुलाकी 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment