/ , , / भारतीय आयल कर्पोरेशनले नै तेल दिन छोड्यो

भारतीय आयल कर्पोरेशनले नै तेल दिन छोड्यो

प्राविधिक समस्या भन्दै नेपाली ट्यांकरमा तेल भरिएन
८ असोज, काठमाडौं । ईन्डियन आयल कर्परेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थ ट्यांकरमा लोड गर्न बन्द गरेको छ । यसअघि लोड भएर आएका तेल ट्यांकर सीमा नाकामा रोकेको भारतीय पक्षले अब आईओसीकै डिपोहरुमा नेपाली ट्याकंर तेल भर्न रोकेको छ ।
भारतबाट तेल ल्याइने आईओसीका रक्सौल, सिलगुढी, बैतालपुर र गोण्डा डिपोले नेपाली ट्यांकरमा तेल भर्न छाडेका हुन् । बिहीबार बैतालपुर डिपोमा २६ ट्यांकर पुगेपनि ४ वटामा मात्र तेल भरिदिएको नेपाल आयल निगमको उच्च स्रोतले जनानकारी दिएको छ ।
यसैगरी रक्सौल डिपोमा पुगेका ५६ वटै ट्यांकरमा अहिलेसम्म लोड भएको छैन भने सिललगुढी डिपोमा पुगका १५ वटा ट्यांकर पनि आईओसीले तेल भरिदिने प्रतिक्षामा छन् ।
नेपालगञ्ज पारीको गोण्डा डिपोले १५ ट्यांकर तेल भरेपनि त्यहाँबाट छुट्ने अनुमति नदिँदा नेपाली ट्यांकर नेपालतर्फ आउन पाएका छैनन् । निगमका एक उच्च अधिकारीले भने-‘मोटर पम्प बिग्रिएको, प्राविधिक समस्या आएको लगायतका बहानामा आईओसीका डिपोले नेपाली ट्यांकरमा तेल भरेका छैनन् ।’
आईओसीका केही डिपोले अनौपचारिकरुपमा भारतको स्थानीय प्रशासनको निर्देशनमा तेल भर्न रोकिएको जानकारी दिएको उनले बताए । ‘उनीहरु पनि खुलेर बोल्न मानेका छैनन्,’ उनले भने, ‘तेल लोड गर्नै नदिएको भनौं भने २/४ गाडीमा तेल भरेका छन् । तर, उनीहरुलाई पनि कनै दबाव जस्तो बुझिएको छ । जसका कारण धेरै ट्यांकर खाली नै छन् ।’
विभिन्न डिपोहरुमा तेल भर्न नपाएर थुप्रै ट्यांकरहरु त्यतिकै थन्किएको नेपाल आयल निगमले जनाएको छ । ‘यता मधेसी मोर्चाको अवरोधले ट्यांकर पारी गएका छैनन् । गएकाले भर्न पाएका छैनन् । भरेर फर्किएकालाई सुरक्षाका नाममा सीमामा रोकिएको छ,’ निगमका एक अधिकारीले भने, ‘हामी कति अप्ठेरोमा छौं भन्ने सबैले बुझ्नुपर्छ ।’
निगमले तेलको स्टकबारे अहिले बोल्न पनि चाहेको छैन । ‘हामी धेरै अप्ठेरोमा छौं । सीमामा आएका २ सय ग्यास ट्यांकर सुरक्षाका नाममा रोकिएका छन्,’ उनले भने, ‘अब डिजेल, पेट्रोल र अन्य इन्धन बोकेका गाडी भारतीय सीमा पारि वा वारि बाटामा छैनन् । जति तेल हामीसँग छ त्यसैले बजार धान्ने हो ।’

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment