संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता बिहीबार भारतसित जोडिएका नाकामा धर्ना बसेका छन् । मोर्चाको बुधबार भएको निर्णयअनुसार कार्यकर्ताहरू धर्ना बसेको समाचारदाताहरुले जनाएका छन् ।
आन्दोलनलाई भन्सार नाकाबन्दीमा केन्द्रित गर्ने निर्णय मोर्चाले बुधबार गरेको थियो । विराटनगरको रानी भन्सार कार्यालयको २ नम्बर ढाट र नेपाल–भारत मूल सीमामा उनीहरु धर्नामा बस्नेबित्तिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीको आवागमनमा समेत कडाइ गरेको थियो । जोगबनी बजार पस्नेलाई जाँचमा कडाइ गरिएको थियो भने भारतबाट नेपाल प्रवेश गर्नेलाई पनि एसएसबीले मूल नाकाबाट छिर्न दिएका थिएनन् ।
बिहीबार बिहानैबाट भारतीय क्षेत्रबाट कुनै पनि मालवाहक ट्रक र ट्याङ्कर नेपाल भित्रिएनन् । कोलकाता बन्दरगाह र भारतका विभिन्न स्थानबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बाकेर आएका मालवाहक ट्रक र कन्टेनरलाई जोगबनी भन्सारले बुधबार साँझदेखि नै नेपाल प्रवेश गर्न दिएको थिएन । विराटनगर भन्सारबाट जाँचपास भएर भारत गएका ट्रकलाई चाहिँ रोक लगाइएको छैन ।
विराटनगर र जोगबनी भन्सारका प्रमुखहरुबीचको कुराकानीमा भारतीय पक्षले एजेन्टले काम नगर्दा मालवाहक ट्रकको जाँचपास हुन नसकेको जवाफ दिएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए । तीन सयभन्दा बढी मालवहाक ट्रक भारतीय क्षेत्रमा अड्किएका छन् । त्यहाँ रोकिएका ट्रकमा औद्योगिक कच्चा पदार्थसहित पेट्रोलिय पदार्थ, ग्यास, खाद्यान्न र व्यापारिक सामान छन् ।
विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार आयात चाहिँ रोकेको छैन । उनका अनुसार बिहीबार ७ ट्रक औद्योगिक उत्पादन जोगबनी नाकाबाट निकासी भएको छ । भारतीय पक्षले आयात भने रोकेको छैन । एजेन्टले काम नगर्दा नेपाल जाने मालवाहक ट्रक रोकिएको जवाफ जोगबनीका भन्सार प्रमुखले दिएको बस्नेतले बताए । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष बिजेन्द्र परासरका अनुसार जोगबनी भन्सारका एजेन्ट सामानको जाँचपास गर्न तयार भए पनि कर्मचारीले नै फायल अगाडि बढाउन नमानेपछि बुधबार साँझदेखि आयात ठप्प भएको हो । उनका अनुसार रेल्वेबाट आयात भएका औद्योगिक र व्यापारिक सामान पनि रेल्वे स्टेसनमा थुपारिएका छन् ।
भारतीय भन्सार कार्यालयका कर्मचारीले सुरक्षाको कारणले सवारी चालकहरू नै नेपाल जान नचाहेको बताए । मोर्चाका कार्यकर्ताले सीमानाकामा सभा गर्दै आपूmहरूको नाकाबन्दी अवधिभर सवारी साधन नेपाल भित्र्याइए जे पनि हुन सक्ने धम्की दिएपछि भारतीय ट्रक र ट्याङ्करका चालकहरू डराएका हुन् । यता पूर्वी नाकाबाट नेपाल भित्रिने मालवाहक ट्रकलाई पनि एसएसबीले सीमा क्षेत्रमा रोकेको छ । बुधबार दिउँसोदेखि एसएसबीले मालवाहक ट्रकलाई नेपाल प्रवेशमा रोक लगाएको व्यवसायी रोशन अग्रवालले बताए । उनका अनुसार बिहीबार अपराह्नसम्ममा पेट्रोलियम पदार्थ बोकेका दुईवटा ट्याङ्करबाहेक कुनै पनि ट्रकलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।
झण्डै अढाइ सय ट्रक भारतको पानीट्याङ्कीमा रोकिएको अग्रवालको भनाइ छ । व्यवसायीले ट्रक छोड्न अनुरोध गर्दा केन्द्रबाट आदेश आएको भन्दै एसएसबीले छोड्न अस्वीकार गरेको बताइएको । क्लिङ्कर, पेट्रोलियम, कोइला, मार्बल र तरकारी बोकेका ट्रकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छ ।
राजविराज समाचारदाताका अनुसार नेपाल सद्भावना पार्टीका नेता तथा कार्यकताहरुले बिहीबार बिहानैदेखि सप्तरीको बेल्ही भन्सारस्थित कुनौली नाकामा धर्ना दिएका छन् । अनिल झा नेतृत्वको सद्भावनाका नेता तथा कार्यकताहरुले नेपाल–भारत आवागमन गर्ने बाटोमै धर्ना दिएका हुन् । बेल्ही भन्सार र भारतको कुनौलीको बीचमा पर्ने चचरी पुलको मुखमै धर्ना दिएर नाकाबन्दी गरिएको छ । नाकाबन्दीका कारण मालसामान ढुवानी तथा निकासी कार्य रोकिएको छ ।
----------

No comments:
Post a Comment