११ महिना गर्भपतनको अभियोगको मुद्दा खेपेकी नेपाली महिला निर्मला थापाबारेको मुद्दा सोमबार पेनाङस्थित अदालतले फैसला गरेको हो । पेनाङस्थित एक अदालतले २५ बषिर्य निर्मला निर्दोष रहेको फैसला सुनाएको हो ।
----------
----------
११ महिना गर्भपतनको अभियोगको मुद्दा खेपेकी नेपाली महिला निर्मला थापाबारेको मुद्दा सोमबार पेनाङस्थित अदालतले फैसला गरेको हो । पेनाङस्थित एक अदालतले २५ बषिर्य निर्मला निर्दोष रहेको फैसला सुनाएको हो ।
निर्मलाका पक्षमा वकालत गर्दै आएका वकिलले उनलाई अदालतमा उपस्थित गराएका थिए । स्थानीय पत्रपत्रिकाकाअनुसार बिनाकसुर उक्त आरोपमा एक बर्ष दुःख दिइएको भन्दै निर्मलाको पक्षमा मुद्दा लड्न सघाएका वकिलले क्षतिपुर्तिका लागि लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
गतबर्ष अक्टोबर ९ मा पेनागको एक निजी क्लिनिकमा गर्भपतन गराएको अभियोगका क्रममा उनी पक्राउ परेकी थिइन् । त्यसपछि थप सुनुवाईका लागि गत फेब्रुवरी २६ र मार्च २५ को मिति तय गरिएको थियो । त्यसपछि उनी मानवअधिकारवादि संस्था तानागानिताका भोलेन्टियरले संचालन गरेको सेल्टरमा बस्दै आएकी थिइन् ।
गत नोभेम्बर महिनामा अदालतले उनलाई एकबर्षको जेल सजायको सुनाएको थियो । सजायविरुद्ध अपिल गर्दै उनी पेनाङस्थित उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतले यो मुद्दालाई पुनः तल्लो अदालतमा फर्काइदिएको थियो । यस घटनाको विभिन्न अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुले विरोध जनाउंदै आएका थिए ।
निर्मला आउदो सेप्टेम्बर ३० तारिखका दिन नेपाल फर्कने भएकी छिन् । नेपाल पर्कनको लागि नेपाली जनप्रगतिशील मन्चको पहलमा ब्यवसायी नेत्र केसीले टिकट उपलब्ध गराएका छन् ।
No comments:
Post a Comment