ट्राफिक प्रहरीका रुपमा मैले काम गरेको २५ वर्ष भइसकेको छ । यस अवधिमा मैले उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा रहेर काम गर्ने अवसर पाएको छु । मेरो अनुभवको आधारमा भन्ने हो भने आज राजधानीको ट्राफिक व्यवस्थापनमा भोग्नु पर्ने समस्याको मूल कारण भनेको सडकको अनुपातभन्दा धेरै सवारी साधन हुनु नै देखिन्छ । २०४९ को तथ्यांक हेर्ने हो भने यहाँ ४९ हजार सवारी साधन रहेको देखिन्छ तर आज त्यो संख्या ह्वात्तै बढेको छ । सडक विस्तार हुन सकेको छैन तर दिनानु सवारी साधनको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांकका अनुसार सडक जम्मा २ सय प्रतिशतले बृद्धि भएको छ भने सवारी साधानको संख्या भने ९ सय प्रतिशतले बृद्धि भएको देखिन्छ । यसको साथै, राजधानीमा बढिरहेको जनसंख्याको कारणले पनि आजको दिनमा ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ ।
सबैभन्दा चुनौतीपूर्ण दिन भनेको शुक्रबार र आइतबार हो । शुक्रबार सबैजना रमाइलो गर्न खोज्ने र अफिस सकेपछि पनि परिवार र साथीभाइसँग बाहिर खान जान्छन् । त्यतिबेला सबैलाई हतार र अबेरसम्म ट्राफिक हुनेगर्छ । त्यस्तै एक दिन छुट्टी पछि आइतबार आउने हुँदा यस दिनपनि निकै ट्राफिक हुने र व्यवस्थापन चुनौतीपूर्ण हुनेगर्छ ।
यहाँ ट्राफिक संस्कारलाई पालना नगर्ने पनि उत्तिकै भेटिन्छ । यहाँ आम मानिसमा कस्तो सोचाई रहेको छ भने ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि हो, हामीले उनीहरुका लागि यो नियम मानिदिनुपर्छ ।
यहाँ ट्राफिक संस्कारलाई पालना नगर्ने पनि उत्तिकै भेटिन्छ । यहाँ आम मानिसमा कस्तो सोचाई रहेको छ भने ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि हो, हामीले उनीहरुका लागि यो नियम मानिदिनुपर्छ । उदाहरणका लागि मोटरसाइकलमा तीन जना बसेर निर्धक्क हिँडिराखेका हुन्छन् तर ट्राफिक देख्ने बित्तिकै ‘ए झर, झर ट्राफिक प्रहरी आयो’ भन्छन् । त्यस्तै छतमा यात्रु राख्ने गाडी, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु पनि ट्राफिकलाई छल्न खोजिरहेका हुन्छन् । यसले के देखाउँछ भने यहाँ ट्राफिक नियम आफ्नो सुरक्षाका लागि हो भन्ने जनचेतनाको कमी रहेको छ । यसैको कमीले गर्दा आज हामी सडक, सडकपेटीदेखि लिएर स्कूल कलेजसम्म पुग्नुपरेको छ, हुँदाहुँदा खाल्डो पुर्ने काम पनि कहिले हामीले गर्नुपर्छ । यति धेरै काम हामीले गर्नुपर्छ तर त्यस अनुपातमा हामीसँग अधिकार भने कम रहेको छ । यसले पनि समस्या उत्पन्न भइरहेको छ ।
दुर्घटना बढ्नुको सबैभन्दा पहिलो करण भनेको मानवीय कारण नै हो । जस्तै, हतार गरी सवारी चलाउनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, गलत स्थानमा पार्किङ गर्नु आदि । त्यस्तै, सडकको अवस्थाले गर्दा पनि धेरै दुर्घटना हुने गरेका छन् । सडकको वातावरण जस्तै सडक बत्ति, पेटी, चिन्ह, आदीको कमीले गर्दा पनि दुर्घटना हुने गर्छन् । यसको साथै, नयाँ बनेका सडकमा विस्तृत अध्ययन बिना नै सवारी संचालनमा ल्याइदा पनि दुर्घटना हुने गरेको पाइएको छ । त्यसपछि सवारी साधनको अवस्था जस्तै समयमा सवारी मर्मत नगर्नु, गाडी पुरानो हुनु, पाटपुर्जा नक्कली हुनु पनि दुर्घटनाको मुख्य कारणहरु मध्ये एक हो । त्यस्तै कहिलेकाहीँ बाढी, पहिरो, हिमपातलगायतका वातावरणीय कारणले पनि दुर्घटना हुने गरेका छन् ।
कसरी व्यवस्थित गर्ने ?
सबैभन्दा पहिलो सुधार गर्नुपर्ने त ट्राफिक जनचेतना नै हो । स्कूलदेखि कलेजसम्म ट्राफिक शिक्षा अनिवार्य गरिनुपर्छ । जनचेतना बिना ट्राफिक नियम लागु हुन सक्दैन ।
क्ष्तबचबm(ज्बअजजभतग(घ
त्यस्तै, अहिले ट्राफिक देख्ने बित्तिकै ‘ए झर, झर ट्राफिक प्रहरी आयो’ भन्छन् । नियम उल्लंघन गर्दा जुन सजायको प्रावधान रहेको छ, त्यो निकै कम छ । आजका दिनमा हेर्ने हो भने केही बुँदाबाहेक सामन्य रुपमा जरिवाना भनेको २५ रुपैयाँ देखि २ सय रुपैयाँ मात्र रहेको छ । यो प्रावधान २०४९ सालमा बनेको नियमावलीमा आधारित रहेको छ, तर आज त्यति बेलाको स्थिति भन्दा फरक रहेको छ । मलाई त के लाग्छ भने जरिवाना गर्ने हो भने कम्तिमा ५ सय रुपैयाँ गर्नुपर्छ । किनभने यहाँ कसैलाई मैले जरिवाना गर्ने हो भने कम्तिमा ५ सय रुपैयाँ गर्नुपर्छ ।
नियम पालना गर्नुपर्छ भन्ने चेतना छैन । यहाँ ठूलो कारवाहीको डर बिना कसैले नियम पालना गर्दैनन् । उदाहरणको लागि मैले हेल्मेट मेरो लागि लगाउने हो, नत्र मेरो टाउको फुट्छ भन्ने भन्दा पनि ट्राफिकले जरिवाना गर्छ भनेर यहाँ हेल्मेट लगाइने गरिन्छ । तैपनि हेलमेट लगाएन भने यहाँ जरिवाना पनि ठूलो छैन । त्यही भएर यस्ता गल्ती दोहोरिने गर्छ । कि त मानिसमा स्वविवेक हुनुपर्यो कि दण्ड धेरै हुनुपर्यो अनि मात्र ट्राफिक व्यवस्था सहज हुन्छ ।
जापानको उदाहरण हेर्ने हो भने त्यहाँ रक्सी सेवन गरेर सवारी चलायो भने ३ लाख जरिवाना हुन्छ भने चीनमा ६ महिना जेल सजाय हुन्छ । जापानमा त अझ मादक पदार्थ सेवन गरेका चालकसँग सवारीमा बस्नेहरुमाथि पनि केही प्रतिशत रकम जरिवाना लिइन्छ ।
जापानको उदाहरण हेर्ने हो भने त्यहाँ रक्सी सेवन गरेर सवारी चलायो भने ३ लाख जरिवाना हुन्छ भने चीनमा ६ महिना जेल सजाय हुन्छ । जापानमा त अझ मादक पदार्थ सेवन गरेका चालकसँग सवारीमा बस्नेहरुमाथि पनि केही प्रतिशत रकम जरिवाना लिइन्छ । किनभने मदक पदार्थ सेवन गरेको सवारी चालकलाई सवारी चलाउन नदिनु उसको जिम्मेवारी हो । उसले किन मदक पदार्थ सेवन गरेको व्यक्तिलाई गाडी चलाउन साघाएको भन्दै जरिवाना असुलिन्छ ।
अर्को सुधार गर्नुपर्ने भनेको सडकका अवस्था हो । आज सडको अवस्था यति नराम्रो छ कि त्यसले धेरै दुर्घटना निम्ताइरहेको छ । अहिले हिँडेको बाटोमा भेरे खाल्डो भइसक्छ । त्यसपछि सुधार गर्नुपर्ने भनेको सडक वातावरण हो । जस्तै, सडकको छेउमा बत्ति हुँदैन, आवश्यक सूचना दिने संकेत हुँदैन, यसलाई पनि सुधार गर्नुपर्ने हुन्छ ।
त्यस्तै अझ ट्राफिक व्यवस्थापनलाई सुदृढ गर्ने हो भने ट्राफिक प्रहरीको पनि सुदृढिकरण आवश्यक छ । जस्तै आधुनिक उपकरणहरु दिने, सवारी साधनहरु उपलब्ध गराउने आदि । किनभने कहिलेकाँही नियम उल्लंघन गरेर कोही भाग्यो भने पनि उसलाई समात्नसमेत सवारी हुँदैन ।
म ललितपुर आएको सात महिना भयो । सबैभन्दा पहिले म आएपछि जाउलाखेल सेन्ट जेभियर्स अगाडि धेरै जाम हुने ठाउँको पर्खाल भत्काएर सडक चौडा बनाएँ । त्यसपछि जावलाखेल चोकमा सवारी रोक्ने गरिएकोमा त्यसलाई प्रतिबन्ध गरें भने ग्वार्कोदेखि मंगलबजारको सडकलाई एकतर्फी गरेर जाम निकै कम भएको छ । त्यस्तै, कुमारी पाटी, कृष्णगल्ली, पाटन ढोका र मानभवनको अव्यवस्थित पार्किङ र मंगलबजारको अव्यवस्थित पार्किङ पनि हटाउने काम गरिएको छ । त्यस्तै यस रुटमा चल्ने गाडीहरुका लागि विभिन्न स्थानमा विसौनी निर्धारण गर्ने काम भएको छ । त्यस्तै ललितपुरका लागि ११०३ टोल फ्रि नम्बर प्रयोगमा ल्याइएको छ । अब यस रुटमा चल्ने गाडीमा कहाँबाट कहाँसम्म जाँदा कति भाँडा लाग्छ भन्ने सूचना राख्ने बाँकी छ, यो पनि कार्यान्वयनको चरणमा रहेको छ । त्यस्तै आगामी हप्तादेखि स्कूल र कलेजमा ट्राफिक जनचेतना दिने काम शुरु गर्न लागेका छौं । मुख्य कुरा भनेको यस क्षेत्रमा ट्राफिक प्रहरीको भवन निर्माण गर्नका लागि जनस्तरबाटै सहयोग संकलन गरेका छौं । यसका लागि कमिटी गठन समेत भइसकेको छ । यो प्रक्रिया पनि चाँडै शुरुवात गर्ने छौं ।
साँचिक्कै ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने हो भने कोही भाग्यो भने पनि उसलाई समात्नसमेत सवारी हुँदैन । जनचेतनामा बढी ध्यान दिन जरुरी छ । ट्राफिक व्यवस्थापन मानिसको जीवनसँग जोडिने हुँदा यसका लागि पाठ्यक्रम नै किन विकास नगर्ने रु अझ आगामी आर्थिक वर्षलाई ट्राफिक जनचेतना वर्ष किन नमनाउने रु यसरी आम मानिसलाई ट्राफिक नियमको बारेमा आवश्यक जानकारी दिनसकिन्छ । त्यस्तै अहिलेको लाइसेन्स लिने प्रक्रियामा पनि पुर्नविचार गर्न जरुरी देख्छु । यसका लागि अनिवार्य दुई महिना सम्बन्धित निकायबाट अनुमति प्राप्त संस्थाबाट अनिवार्य दुई महिना कक्षा र प्रशिक्षण लिएपछि मात्र लाइसेन्सको लागि जाँच दिन पाउने व्यवस्था गरिनुपर्छ जस्तो लाग्छ ।
यसो गरे भने पनि दुर्घटनामा निकै कमी आउँछ जस्तो मलाई लाग्छ । त्यस्तै, हाम्रोमा मुक्का हान्नेलाई २४ दिनसम्म थुन्न सक्ने अधिकार छ भने सवारी ऐनमा ठूलो सजायको व्यवस्था नै छैन । मुक्का हान्नेलाई जेल सजाय हुने तर सवारीमा लापरवाही गरेर अरुको ज्यान जोखिममा पार्नेलाई २ सय रुपैयाँ मात्र जरिवाना रु मानिसमा स्वविवेकको कमी भएको अवस्थामा कडा जरिवाना, दण्ड र सजायबाट मात्र ट्राफिकलाई व्यवस्थित गर्न सकिन्छ जस्तो लाग्छ ।
No comments:
Post a Comment