/ / नेपाल र नामिबियाको खेल वर्षाले अवरुद्ध , विश्व ट्वान्टी–२० छनौट

नेपाल र नामिबियाको खेल वर्षाले अवरुद्ध , विश्व ट्वान्टी–२० छनौट

काठमाडौ, असार २७ .- विश्व ट्वान्टी–२० छनोटमा शनिबार नेपाल र नामिबिया बीचको खेल वर्षाले रद्ध पारेको छ । पटक पटक वर्षाले खेल विथोलेपछि खेल नतिजा बिहीन भएको थियो । दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ ।

प्रतियोगिताको तीन संस्करण खेल्दै गरेको नेपाल पहिलो पटक वर्षाका अगाडी नतिजा बिहीन हुन परेको हो । नेपालले यसअघि २० खेलमा १२ जीत र ८ पराजयको नतिजा निकालेको थियो ।

समूह ‘ए’ मा नेपाल ३ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । जर्सी र आयरल्यान्ड दुवैले आफ्नो पहिलो खेल जितेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले अघिल्लो दिन अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबिया शुक्रबार आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । नेपालले सोमबार आयोजक आयरल्यान्डसँग खेल्ने छ ।

उत्तरी आयरल्यान्ड स्थित स्टोरमोन्टमा तीन पटक खेल वर्षाले अवरुद्ध पारेको थियो । नेपालका कप्तान पारस खड्काले टस जिते पनि वर्षाका कारण १ घन्टा खेल हुन सकेन् । त्यसपछि पनि २० ओभर यथावत राखिएको खेलमा नामिबियाले निकै राम्रो सुरुआत गर्‍यो । ७ ओभरमा टोलीले १ विकेट गुमाई ५४ रन जोड्यो ।

वर्षाले दोस्रो पटक खेल अवरुद्ध पार्‍यो । खेल १७ ओभरमा छोट्याइयो । खेल पुन सुरु हुदा नामिबियाले शक्ति गौचनको ४ बलमा ७ रन जोड्यो । वर्षाले तेस्रो पटक प्रभावित पारेपछि खेल रद्ध हुन पुग्यो । नामिबियाका ओपनर स्टेफन बार्डले २६ बल खेली ४ चौका र २ छक्का प्रहार गरी नटआउट ३९ रन बनाए । अर्का ओपनर गेरी स्नीम्यानलाई पारसले आउट गरे । रेमन्ड भान सुरु ८ बलमा ११ रन बनाई नटआउट रहे ।

नेपालले शनिबार ओपनिङ बलर करण केसीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको थियो । १ ओभर बलिङ गरेका उनले ९ रन खर्चे । अघिल्लो दिन ३ विकेट लिएका वसन्तले २ ओभरमा २० रन खर्चे । पारसले २ ओभरमा ८ रनमात्र दिएर नेपालको एकमात्र सफलता पाएका थिए ।

जर्सीको सनसनी

पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरिरहेको जर्सीले शनिबार सनसनी प्रदर्शन गर्दै हङकङलाई ९ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनायो । जर्सीले ओपनरद्वय इडवार्ड फार्लीको ५७ र पिटर गफको नटआउट ८१ रनमा १७।२ ओभरमै लक्ष्य पुरा गर्‍यो ।

समूह ‘बी’ मा नेदरल्यान्ड्सले सहआयोजक स्कटल्यान्डलाई ३२ रनले पराजित गर्‍यो । ओमानमाथी ७ रनको विजय हात पार्दै केन्याले लगातार दोस्रो खेल जित्यो ।



about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment