/ , , , / सिरहामा पानि न र्पदा धान रोपाईमा समस्या , १० प्रतिशत मात्रै रोपाई

सिरहामा पानि न र्पदा धान रोपाईमा समस्या , १० प्रतिशत मात्रै रोपाई

मधेश एक्सप्रेस । सिरहा–पर्याप्त वर्षा नहुँदा सिरहामा धान रोपाईंले गती लिन सकेको छैन। असार बित्नै लाग्दासोत मुस्किलले १० प्रतिशत खेतमा धान रोपाईं भएको कृषि कार्यालयले जनाएको छ।
असार १५ बाट धान रोपाई सुरु भई भदौ सम्म रोपार्इं हुन्छ जिल्ला कृषि कार्यालयका बाली अधिकृत चन्द्रदेव मण्डल भन्छन्,ुप्रयाप्त वर्षा नहुँदा अहिलेसम्म १० प्रतिशतमात्र रोपाईं भएको देखिन्छ। अहिलेसम्म ३० प्रतिशत रोपाई सकिसक्नुपर्थ्यो प्रयाप्त वर्षा नहुँदा किसान रोपाई गर्न सकेका छैनन्,ु मण्डलले भने।सिरहामा धान खेती हुने ६६ हजार १ सय ६ हेक्टर जमिन मध्ये २१ हजार ५ सय ३३ हेक्टर मात्र सिचित जमीन छ। कमला सिंचाई पूर्वी नहर र कृषि मोटर, दमकलले यती क्षेत्रफल जमिन सिंचीतमा परेको मण्डलले बताए।लोडसेडिङका कारण किसानको कृषि मोटर पनि चलेका छैनन, नहरमा पानी छैन जसका कारण रोपाईंको गती सुस्तरी अगाडि बढिरहेको अवस्था मण्डलले जानकारी गराए।

ुअहिलेसम्म रोपाईं भएको २ हजार २ सय ५३ हेक्टर जमिनमध्ये ८० प्रतिशत बत्ती भएको बेला मोटरबाट खेतमा लगाएको पानीले हो मण्डलले भने,ुफाटफुट वर्षाले उत्तरवर्ती क्षेत्रमा रोपाई भएको छ।ुढिलो रोपार्इं भए धान उत्पादनमा ह्रास आउँछ। उन्नत जात र स्थानीय धान उत्पादन हुन्छ। समयमै रोपार्इं भए प्रति हेक्टर ३ मेट्रिक टन धान उत्पादन हुने कृषि कार्यालयले जनाएको छ।

धान खेती हुने पुरै जग्गामा रोपाईं भएपनि यो उत्पादनले जिल्लाको माग धान्दैन। पुरै धान खेतको उत्पादन २ लाख ३१ हजार ३ सय ६० मेट्रिक हुन आउँछ यो उत्पादनले एक तिहाई पनि माँग धान्दैन।जिल्लाको माँग आयातित धान र चामलले धानेको अवस्था छ। सिरहा वर्छावा १ का किसान शिवनाथ यादव भन्छन्,ुप्रत्येक घरका यूवा जनशत्कि विदेसिएकाले उत्पादनशिल जमिन पनि जनशत्कि अभावले रितै राख्नुपर्ने बाध्यता छ।ु

ुपहिला जो मजदुर धान रोप्न आउँथे अहिले पैसाबाल भएका छन यादव भन्छन्,ुउनीहरु जिउँमा हिलो लगाउन आउँदैन, कसरी खेती हुन्छ।ु ुजमिन्दारको खेत रोपाईं गरेपछि पाउने अन्नबाट गुजारा गर्नेहरु विदेश गएर आर्थिक रुपमा सवल भैसकेका छन, बजारबाटै अन्न किनेर खाने भैसके उनले भने,ुमजदुर अभावले भएको खेतपनि किसानलाई घारो बनेको छ।ु

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment