मधेश एक्सप्रेश । सिरहा । असार ५
मौसमविदहरुले शनिबार पश्चिमी क्षेत्रमा भारी वर्षासँगै चट्याङ् पर्ने संभावना धेरै भएकाले सतर्क हुन आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी डडेलधुरा, दार्चुला, बैतडी, कन्चनपुर, डोटी, बझाङ र कैलालीमा भारी वर्षासँगै चट्याङ् पर्ने बढी संभावना छ । राजधानीमा भने शनिबार बिहानैदेखि चर्को घाम लागिरहेको छ ।
मौसमविद् सुवास रिमालले यी जिल्ला बाहेक अरु ठाउँमा पनि ठूलो पानी र हावाहुरी चल्न सक्ने भएकाले सतर्क हुन आग्रह गरेका छन । उनका अनुसार भारतको उत्तराखण्डबाट मेघ गर्जन गराउने वायु नेपालको पश्चिमी क्षेत्रमा भित्रिरहेकाले त्यस क्षेत्रमा चट्याङसहित ठूलो पानी पर्ने संभावना छ ।
महाशाखाका अनुसार शनिबार देशभर नै मौसम बदली हुनेछ । पश्चिमी क्षेत्रका धेरै ठाउँमा मेघ गर्जन सहित पानी पर्ने पूर्व र मध्यका केही ठाउँमा पनि बदली हुने महाशाखाको अनुमान छ । पहाडी क्षेत्रमा धेरै बदली भएपनि तराई क्षेत्रमा कम बदली हुने महाशाखाले जनाएको छ ।

No comments:
Post a Comment