पक्राउ परेको चार हजार ६० किलो सुपारी राजश्व विभागमा
सिरहा न्यूज व्यूरो सिरहा, जेठ १६
पूर्वको सप्तरी र सिरहा जिल्लाको राजमार्ग हुँदै महोत्तरी पुगेको चार हजार किलो सुपारी प्रहरीले समातेको छ। महोत्तरी प्रहरीले शनिबार राति सुपारी लिएर जाँदै गरेको १ बजे ना५ख ७९०९ नम्बरको ट्रक पक्रेको हो।
महोत्तरी प्रहरी प्रमुख एसपी सौरभ राणाका अनुसार महोत्तरी सोनमा गाविस ६ बाट सुपारीसहितको ट्रक समातिएको हो। महोत्तरीको नेपाल भारत सीमा रघुनाथपुरबाट झन्डै ६र७ किलोमिटर टाढाबाट सुपारीको ट्रक पक्राउ गरिएको उनले बताए। ‘सीमावर्ती क्षेत्रमा अनलोड गरेर भारत निकासी गर्ने उद्देश्यले रातारात सुपारी यहाँ आएको जानकारी थियो,ु राणाले भने, ‘ट्रकका चालक भागेकाले ठ्याक्कै सुपारी कहाँबाट आएको थाहा भएन।ु बिना कागजातको सुपारी भएको हुनाले राजश्व विभाग पथलैया पठाइएको राणाले बताए। मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीका अनुसार नेपाल–भारत सिमा नाकाहरूमा अबैध सुपारी पुर्याउने र त्यहाँबाट भारत निकासी गर्ने गरेको सूचना प्राप्त भएकाले सुपारी समातिएको बताए।
‘हाम्रो प्रारम्भिक अनुसन्धानले सप्तरीबाट सुपारी आएको हो भन्ने देखाएको छ,ु सुवेदीले टेलिफोनमा सेतोपाटीसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।ु उनका अनुसार प्रहरीको टोली देख्नेवित्तिकै ट्रकका चालक भागेका थिए। प्रहरीका अनुसार तराईका बोर्डरहरूमा भैंसी चराउने खेतझैं सुपारीका गोदाम छन्। नेपालभरि जता पनि सुपारी लैजान पाउने भन्दै तस्करले त्यस्ता गोदाम पुर्याएर मौका छोपी भारत निकासी गर्ने गरेका छन्। ‘दसगजा क्षेत्रमा धेरैभन्दा धेरै गोदाम सक्रिय छन्,ु सुवेदी भन्छन्, ‘सुपारीका गोदाम प्रहरीको लागि टाउको दुखाई बन्ने गरेको छ।ुसप्तरी जिल्ला हुँदै गएको सुपारीबारे सप्तरी प्रहरीलाई जानकारी छैन। सप्तरीका प्रहरी प्रमुख शिशिर कर्माचार्यले यहाँबाट सुपारी गएको विषयमा आफूलाई जानकारी नभएको बताए। पूर्वक्षेत्रीय प्रहरी प्रमुख माधवराज जोशीले पूर्व हुँदै मध्यक्षेत्र पुगेको सुपारी पक्राउ परेको विषयमा थाहा नभएको प्रतिक्रिया दिए। मध्यक्षेत्रीय प्रहरीले माघ महिनायता १५ हजार किलो सुपारी विभिन्न जिल्लाबाट समातेको छ। सुवेदीका अनुसार सबैभन्दा बढी पर्सा जिल्लाबाट समातिएको छ।

No comments:
Post a Comment