काठमाडौं– गत वैशाख ११ गते शुक्रबार विद्यालयमा लोकतन्त्र दिवस मनाएका न्युरोडका सरोज तामाङ त्यसपछि ३६ दिन वितिसक्दा पनि विद्यालय जान पाएका छैनन्। हिमालय सेकेन्डरी स्कुलको कक्षा ९ मा पढ्ने उनको घर र विद्यालय दुबै चिरा परेर बस्न नमिल्ने भएका छन्। अभिभावकसँग पाल जिन्दगी बिताइरहेका उनलाई विद्यालय जान नपाएर वाक्क(दिक्क लागिसकेको छ। ‘सुरुमा त पालमा रमाइलै भयो,’ तामाङले भने, ‘जति पढेपनि स्कुलमा जस्तो रमाइलो लाग्दैन। पालमा बस्दाबस्दा अब त कहिले स्कुल खुल्लाजस्तो भइसक्यो।’ताहचलको दिव्यज्ञान विद्यालयको कक्षा १० मा अध्ययनरत निशा भुजेल शैक्षिक सत्रको सुरुबाटै एसएलसी परीक्षाको तयारीका लागि ट्युसन लिन थालेकी थिइन्। तर, अहिले न विद्यालय खुलेको छ न ट्युशन सेन्टर नै।
१२ गतेको भूकम्प घरभित्रै सामना गरेकी उनलाई खाना खाउन्जेल पनि घरभित्र बस्न डर लाग्छ। घर नचर्कीएको बस्न मिल्ने भए पनि त्रासले उनी पालमै गुजारा चलाउँदैछिन्। परीक्षा र पढाइले उनलाई तनावमा पारेको छ। ‘विद्यालय खुलेन भने त परीक्षाको तयारी कसरी गर्नू,’ उनी भन्छिन्, ‘विद्यालय चाँडै खोल्नुपर्छ।
पाल जिन्दगी, भूकम्पको त्रास, परीक्षाको तनाव र भविष्यको चिन्ता उपत्यकाका सबै स्कुले बालबालिकाको साझा नियति बनेको छ। बालबालिकाको चिन्ताले अभिभावक झनै चिन्तित छन्। त्यसो त शिक्षा प्रदान गर्ने आफ्नो दायित्व बोधले सरकार पनि चिन्तित नभएको होइन। त्यसैले ३६ दिनको अन्तरालपछि जेठ १७ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने घोषणा गरिसकेको छ शिक्षा मन्त्रालयले। ‘कक्षा कोठामा राखेर पढाउन नमिल्ने अवस्थाका विद्यालयहरुले कम्तिमा विद्यार्थीलाई विद्यालय प्राङ्गणमा उपस्थित गराएर भूकम्पको त्रास हटाउन परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्न तयारी गरेका छौं,’ शिक्षा मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले भनिन्, ‘अस्थायी शिक्षण केन्द्र ९टीएलसी०को व्यवस्था गरेरै भए पनि जनजीवन र शैक्षिक कार्यक्रमलाई नियमित लयमा फर्काउन विद्यालय खोल्नैपर्ने हुन्छ, विद्यार्थी पनि विद्यालय जान आतुर छन्।’
तर, अभिभावकहरु आफ्ना छोराछोरीलाई निर्धक्क भएर विद्यालय पठाउने अवस्थामा छैनन्। ‘विद्यालयको भवन हेरेर ठीक छरछैन बुझेरमात्र बाबुलाई स्कुल पठाउँछु,’ न्युरोडका कुमार तामाङले भने, ‘ज्यानभन्दा ठूलो केही हुन सक्दैन, जोखिम मोलेर विद्यालय पठाउन सकिँदैन।’
विद्यार्थी, अभिभावक र शिक्षकमा मनोवैज्ञानिक त्रास
वैशाख १२, १३ र २९ गतेका ठूला भूकम्पहरु घरभित्रै भोगेका र ती भूकम्पले पुर्याएको क्षतिलाई नजिकबाट नियालेका विद्यार्थी, अभिभावक र शिक्षकहरु नचर्किएका र जोखिमरहित घरमै पनि बस्न डराउने गरेका छन्। यस्तो अवस्थामा सबै पक्षलाई विद्यालयमा उपस्थित गराएर आइतबारबाट विद्यालय सञ्चालन गर्ने सरकारको योजनामा केही चुनौती देखिन्छ। त्यसैले, यस्ता त्रास भोगिरहेकालाई ३ दिने मनोवैज्ञानिक परामर्श कार्यक्रम चलाइरहेको मन्त्रालयकी सह प्रवक्ता पोखरेलको भनाइ छ।
के(के छ सरकारको तयारीरु
वैशाख १२, १३ र २९ गतेका ठूला भूकम्प र लगातार परकम्पनहरुले मुलुकभरका करिब ७ हजार विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको छ। यी सबै विद्यालयमा आइतबारबाट विद्यालर्थी र शिक्षकलाई उपस्थित गराएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ। ‘आइतबारबाट विद्यालय खोल्ने भनिएको हो,’ सहप्रवक्ता पोखरेलले भनिन्, ‘क्षति पुगेका विद्यालयमा पूर्णरुपमा कक्षा सञ्चालन हुने अवस्था पनि नरहन सक्छ। विद्यालयमा भेला गराइ मनोवैज्ञानिक परामर्श र विभिन्न खेलका माध्यमबाट विद्यार्थीलाई सिकाउने काम तत्कालै गर्ने हाम्रो योजना छ।’उपत्यकामा काठमाडौंका ९० प्रतिशत, ललितपुरका ८० प्रतिशत र भक्तपुरका सतप्रतिशत विद्यालय भवनको इन्जिनियरिङ सर्वे गरी स्टिकर टाँस्ने काम सकिएको छ। बाँकी विद्यालयले पनि सर्वे नसकिन्जेलका लागि १(२ दिन विद्यार्थीलाई खुला प्राङ्गणमा भेला गराइ विभिन्न खेलकुलमा सामेल गराउनसक्ने मन्त्रालयको भनाइ छ।
No comments:
Post a Comment