/ , , , , , , , , , , , , , / सुखीपुरबाट हराएको बालक अपहरणमा परेको ठहर ,छोरालाई अपहरणमुक्त गराउंन २० लाख माग

सुखीपुरबाट हराएको बालक अपहरणमा परेको ठहर ,छोरालाई अपहरणमुक्त गराउंन २० लाख माग


सिरहा न्यूज व्यूरो  17 जेठ । सिरहामा गोली काण्डका अभियुक्त अझै पक्राउ नपरेको अवस्था अर्को अपहरणको घटनाले सनसनी मच्चिएको छ । सुखीपुर–६ दहीपौरीबाट हराइरहेका एक बालकको अपहरण भएको ठहर भएको छ । अपहरणकारीले अपहरित १४ वर्षीय श्रवण भण्डारी ९माली० का परिवारसंग फोन गरी फिरौती मागेपछि अपहरण भएको ठहर गरिएको छ ।  जेठ ११ गत्ते बिहानबाट हराइरहेका श्रवण अपहरणमा परेको भोलिपल्ट जेठ १२ गते १ बजेर २ मिनेटमा भण्डारी परिवारका सहयोगी पृथ्वी भण्डारीको मोबाइलमा फोन आयो । श्रवणको ममीसँग कुरा गराउ, भन्दै ’पृथ्वीले सम्झँदै भने, ’छोरालाई अपहरणमुक्त गराउंन २० लाख माग गरेको छ ।’ दुई वर्ष अगाडि पति महाबीर भण्डारीको निधनपछि जीवनको एक्लो सहारा श्रवण थिए । उनको अपहरणले परिवारमा रुवावासी छ । समान्य आर्थिक हैसियतका भण्डारी परिवार खेतको खाद्यान्न र एउटा भैंसीको दुध बेचेर एक्लो छोरा श्रवणलाई गाउँकै मदरल्यान्ड बोर्डिङ स्कूलमा पढाउँछन् । अपहरित बालक कक्षा ३ मा अध्यनरत्त छन् । केही दिन अगाडि छिमेकी रामअशिषको छोरीको विवाहमा सिरहाको मिर्चैयाबाट जन्ती आएको थियो । विवाहको घरमा गुन्जिएको बाजाले टोलै हल्लाएको थियो। मध्यरातिसम्म जन्तीलाई नास्ता खुवाउने स्वयम्बर गर्ने कार्यक्रम चलिरहँदासम्म श्रवण त्यँही थिए । बिहान ३ बजेबाट घर परिवार र छिमेकीले उनलाई खोज्न थाले ।
जति खोज्दा पनि उनी भेटिएन । बिहान जन्ती फर्किए । जन्तीसँगै गयो कि भनेर छिमेकी डोमी यादवसँगै केही युवा बेहुलाको घर मिर्चैयामा पनि खोज्न गए, तर यहाँ पनि फेला परेन, श्रवण । नभेटिएपछि डोमीले इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ११ गते दिउँसो १ बजे खोजतलासका लागि गुहारे । ’हामीले प्रहरीलाई जानकारी गराएर घर फर्कियौं,’ उनले भने,’सोही दिन गाउँकै इलाका प्रहरी कार्यालय सुखिपुरमा पनि हुलियासहित खोजतलास गरिदिन जानकारी दिएको उनले बताए । यसैबीच, ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष निरौलाले भने ’प्रहरीको अनुसन्धान हुँदैछ, चाडैं नतिजा आउंने आश गरौं ।’ अपहरितका भण्डारी परिवार निम्नस्तरका किसान हुन् । उनीसंग दूई छाक टार्ने बाहेक थप आयआर्जनको स्रोत नरहेको स्थानीयवासी बताउंछन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment