/ , / अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने

अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने

काठमाडौं  अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबीच शिष्टाचार भेटवार्ता भएको छ ।श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा अमेरिका सहायकमन्त्री फिल्डस्टिनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले तिर्नुपर्ने मोटो रकम र कामदारका सेवा–सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले जानकारी दिए ।
फिल्डस्टिनले हालै नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलू कामदार लैजाने सहमतीमा सरकारले के कस्तो तयारी गरीरहेको भन्ने बारे पनि जिज्ञासा राखेका थिए ।त्यसैगरी निजी संस्थामा हुने लैंगिक हिंसाका साथै अमेरिकामा निःशुल्क नेपाली किसान कामदार लैजाने सम्बन्धमा छलफल भएको जानकारी दिए ।
छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको क्यालिफोर्नियामा धेरै नेपाली मजदुर कृषिकार्यमा रहेको भन्दै निःशुल्क र थप मजदुर लैजान अमेरिका सकारात्मक रहेको जानकारी दिए ।त्यसम्बन्धमा जेनेभामा हुने आईएलो बैठकका अवसरमा निर्णयक वार्ता गर्न अमेरीका तयार रहेको स्टेभनले बताए ।
नेपाल सरकार र इजरायल सरकारबीच निःशुल्क घरेलु कामदार लैजाने सहमती भएपछि श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरी मन्त्री परिषद्बाट पनि अनुमोदन भई सकेको छ ।त्यसकालागि आवश्यक प्रक्रिया चॉडै शुरु गर्ने तयारीमा श्रम तथा रोजगार मन्त्रालय लागेको छ गुरुडले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment