११ बैशाख,विराटनगर ।
विराटनगरस्थित व्यस्त ठाउँमा बेवारिसे महिलालाई मध्यदिउँसोमै बलात्कार गर्ने अभियुक्त पक्राउ परेका छन् । व्यस्त ठाउँमा बेहोस भएर लडिरहेकी महिलालाई बलात्कार गरी फरार भएका सर्लाही मुर्तियाका २७ वर्षीय राजेश चौहानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
विराटनगर उपमहानगरपालिका भानुटोलस्थित कलेज रोडको किनारमा बेवारिसे अवस्थामा रहेकी महिलालाई बलात्कार गरी चौहान फरार भएका थिए । कबाडी सामान संकलन गर्ने क्रममा चौहानले मंगलबार दिउँसो दुई बजे बलात्कार गरेका थिए । स्थानीयले मध्यदिउँसोमै महिलामाथि बलात्कार भइरहेकोमा चौहानलाई रोक्ने प्रयास गरे पनि सफल भएका थिएनन् ।समाचार संकलनका क्रममा नयाँ पत्रिकाकर्मीले बलात्कारपछि बेहोस अवस्थामा रहेकी महिलाको अवस्थाबारे प्रहरीलाई सूचना दिएका थिए । मध्यदिउँसै यौनहिंसा भएको सूचना पाएपछि प्रहरीले तत्काल उद्धार गरी अस्पताल पुर्याएको थियो । त्यसपछि स्थानीयको हुलियाका आधारमा प्रहरीले आरोपी युवाको खोजी थालेको थियो ।विराटनगरमा दुई वर्षदेखि कबाडी सामान संकलन गर्दै आएका चौहानलाई बुधबार बिहान पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय ‘क’ विराटनगरका इन्स्पेक्टर गोविन्दराज काफ्लेले जानकारी दिए ।अस्पतालको उपचारपछि महिलालाई प्रहरीले महिला पुनस्र्थापना केन्द्र (ओरेक) को सेफ हाउस पठाएको छ । पक्राउ परेका चौहानलाई मोरङ प्रहरीले जिम्मा लिएर अनुसन्धान गरिरहेको छ ।सेफ हाउसमा आश्रित बलात्कृत महिलाको सुनसरी डुम्राहा र चमार जातिकी रहेको प्रहरी स्रोतले बताएको छ । उनी केही महिनादेखि विराटनगरको सरौचियामा डेरा लिएर बस्दै आएकी थिइन् । बलात्कृत महिलाको अवस्था अहिले असामान्य रहेकाले केही दिन मनोविमर्श आवश्यक भएको ओरेक विराटनगर प्रमुख विमला ढुंगानाले बताइन् ।विराटनगरस्थित व्यस्त ठाउँमा बेवारिसे महिलालाई मध्यदिउँसोमै बलात्कार गर्ने अभियुक्त पक्राउ परेका छन् । व्यस्त ठाउँमा बेहोस भएर लडिरहेकी महिलालाई बलात्कार गरी फरार भएका सर्लाही मुर्तियाका २७ वर्षीय राजेश चौहानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
No comments:
Post a Comment