११ बैशाख, काठमाडौ ।सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ । मन्त्रिपरिषदको सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला भएको हो ।यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकराले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।
विगतमा ब्यक्तिगत तवरबाट घरेलु कामदार पठाउने गरिएकामा अव ब्यक्तिले पठाउन पाउने छैनन् । अबदेखि म्यानपावर कम्पनीले मात्र घरेलु कामदार पठाउन पाउने भएका छन ।ब्यक्तिगत रुपमा पठाउँदा समस्यामा परेमा जिम्मेवारी लिने कोही नहुने भएकाले त्यसरी पठाउन रोकिएको श्रम तथा रोजगार मन्त्रालयले जनाकारी दिएको छ ।
घरेलु कामदार पठाउने म्यापावरलाई वैदेशिक रोजगार विभागमार्फत छुट्टै सूचीकृत गरिनेछ ।हाल सञ्चालनमा रहेका म्यानपावर कम्पनीले नै तोकिएका मापदण्ड पूरा गरी घरेलु कामदार पठाउन पुनः सूचीकृत गर्नुपर्ने ब्यवस्था निर्देशिकाले गरेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
No comments:
Post a Comment