/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सिरहाको माडरमा हुने दैनिकी दुर्गा आरतीमा राज्य मन्त्री मण्डल

Posted: 18 Oct 2018 11:43 AM PDT

नरेशचन्द्र बरबरिया,सिरहा आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।
माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।देशै भरी आज विशेषसिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ ।
उक्त अबसरमा सिरहा नगरपालिका १६ स्थित माडर दुर्गा मन्दिरमा प्रदेश २का उद्योग,पर्यटन,बन तथा बाताबरण राज्यमन्त्री माननीय सुरेश मण्डल लाई  दुर्गा मन्दिरको गेटमा मा दुर्गा प्रतिस्ठान माडरका अध्यक्ष शम्भु यादबले माला दोसल्ला ओढाएर भब्य स्वागतका साथ  सम्मान गरेको छ ।स्वागत कार्यक्रम पश्यात मा दुर्गा मन्दिरको परिसर भित्र दैनिक रुपमा हुने दुर्गा आरतीमा पनि सहभागी जनाएका थिए ।

नयाँ जेनरेसनले मौलिकता हराउँदै : सांसद यादव

Posted: 17 Oct 2018 09:01 PM PDT

राम नारायण पंडित, सिरहा, ०१ कार्तिक । नयाँ पुस्तामा देखिएको कुसंस्कारले मौलिकता हराउँदै गएको सिरहा क्षेत्र नं. ४ का सांसद राजकिशोर यादबले बताएका छन् । संतानहरु पढेलेखेर बुद्धिमान भएपनि आमाबुबासंग समय दिन सक्ने अबस्थामा नरहेको भन्दै सांसद यादबले चिन्ता ब्यक्त गरेका छन् । नेपालीहरुको महान पर्ब बिजया दशमी, शुभ दिपाबली र छठ पर्बको अबसरमा जेष्ठ नागरिक हकहित समाज नेपाल मिर्चैयाले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले बृद्ध आमाबुवालाई बृद्धाश्रममा राख्ने चलन बढे्दै गएकोले वृद्धाश्रममा नभई सन्तानले घरभित्र राख्नुपर्ने बाताबरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
आमाबुवा अनुभवका खानी रहेको भन्दै उनले उनीहरुलाई सम्मानपर्बक पालनपोषन गर्नु संतानको दायित्ब रहेको बताएका छन् । युवापुस्तामा मौलिकता र संस्कारको कमी देखिएकोले यसलाई कायम राख्नका लागि सबैलाई आ–आफ्नोे स्तरबाट सहयोग गर्न उनले आग्रह गरेका छन् । जेष्ठ नागरिकको संरक्षण सम्बद्र्धनका लागि आफु पछि नहटने भन्दै सांसद यादबले आफ्नो जरुरी परेको बेलामा आबश्यता बमोजिम सहयोग गर्न तयार रहेको स्पष्ट गरेका छन् । देशको शिक्षा निति पनि सम्मानजनक नरहेकोले यसलाई परिमार्जन गर्नुपर्ने आबश्यक्ता रहेको समेत उनले औल्याए् । यो क्षेत्रलाई नमुना बनाउने लक्ष्य रहेकोले सबैलाई हातेमालो गरेर लाग्नु पर्नेमा सांसद यादबले जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले अभिभावकहरुले जहिले पनि बर्तमान नभई आफ्ना सन्तानको भबिष्यको लागि सोच्ने गरेको भएपनि संतानले बृद्ध आमाबुवालाई हेला गर्ने गरेको देखेर दुख लागिरहेको बताएका छन् । पश्चिमी मुलुकको प्रभाबले नेपालमा पनि यस्तो अबस्था आएको भन्दै राजपा नेपालका सह–महामन्त्रि समेत रहेका राज्यमन्त्रि मण्डलले संस्कार परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । बृद्धबृद्धालाई सम्मानित जिवन जिउनका लागि बृद्धाश्रममा जोड नदिई सोच र संस्कार परिबर्तनमा लागनु पर्ने उनले बताए ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ "क" का प्रदेश सभा सदस्य दिलिप कुमार साहले समाजिक परम्परालाई हटाएर युवाहरुले नयाँ संस्कार कायम गर्नमा लागेकोले सबैलाई सचेत हुनु जरुरी रहेको बताएका छन् । जेष्ठ नागरिकाको भबनका लागि जग्गा खोजी गर्न आग्रह गर्दै उनले भबन निर्माणका लागि आफुले आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह–महामन्त्री डा. सुरेन्द्र कुमार झाले मातापिताले यहाँसम्म पुर्याएको भन्दै उनीहरुलाई आबश्यक्ता भएको बेला आफुहरु तयार रहने बताएका छन् । आमाबुबाबाट संन्तानले पनि पाठ सिक्नुपर्ने भन्दै उनले हाबी भईरहेको कुसंस्कारबाट अलग बस्नु पर्नेमा जोड दिएका हुन् । संस्थालाई अगाडी बढाउने अभिभारा आफुहरुमाथी रहेकोले यस अभियानलाई समय सापेक्ष अनुसार लागिने समेत उनले प्रतिवद्धता ब्यक्त गरेका छन् । समाजका अध्यक्ष राधाकृष्ण साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

सुर्योदय सामुदायिक विकास केन्द्र मटियर्वामा शुभकामना आदानप्रदान 

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली र छ्ठ पर्वको अवसरमा सुर्योदय सामुदायिक विकास केन्द्र मिर्चैया नगरवालिका बडा नं. ६ मटियर्वाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । संस्थाका अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा सिरहा निर्वाचन क्षेत्र नं. ४ "क" का प्रदेश सभा सदस्य दिलिप कुमार साह, राजपाका केन्द्रिय सदस्य अनिल महासेठ, नेकपाका नेता किशोरी साह, उद्योग बाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठ लगायतका संस्थाका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment